हार्न नजानेकी जयरानीको जादु, पाँच विधामै पाँच स्वर्ण

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ३ ११:४४ बजे
पाँच स्वर्ण

काठमाडौं । पोखामा जारी नवौं राष्ट्रिय खेलकुदमा जयरानीले पाँचओटा स्वर्ण पदक हात पारेकी छन् । 

उनी सम्मिलित आर्मीको टिमले महिला ४ गुणा ४०० रिलेमा स्वर्ण जितेसँगै उनको पदक संख्या ५ पुगेको छ । ५ स्पर्धामा भाग लिएको जयरानीले सबै ५ स्पर्धामै स्वर्ण पदक हात पारेकी छन्। समध्ये उनले ३ वटा स्पर्धामा राष्ट्रिय कीर्तिमानसमेत बनाएकी छन् । 

जयरानीसहित सरस्वती भट्टराई, निर्मला थापा र कसेली चौधरी सम्मिलित आर्मीले ४ मिनेट ०२.७८ सेकेन्डमा पूरा गर्दै स्वर्ण हात पारेकी हुन् ।

२०७९ कात्तिक ३ ११:४४ बजे

प्रतिक्रिया