एकै दिन दाजुभाइले जिते स्वर्ण

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ३ ११:३४ बजे
दाजुभाइले जिते स्वर्ण

काठमाडौं । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद  प्रतियोगितामा दाजुभाइले एकै दिन स्वर्ण पदक जितेका छन् ।  गोपीचन्द्र पार्की र शिवराज पार्कीले एक दिन स्वर्ण जितेका हुन् ।  

विभागीय टोली एपीएफका गोपीचन्द्रले ५ हजार मिटर दौडमा पहिलो इभेन्टमै स्वर्ण जिते ।  भाइ शिवराज पार्कीले २०० मिटर दौडमा स्वर्ण  पदक हात पारेका हुन् । 

३३ वर्षीय गोपीको नवौंमा पहिलो स्वर्ण थियो । उनका लागि त्यसै पनि विशेष भयो । ३० वर्षीय शिवराजले भने नवौं राष्ट्रियमा सनसनी मच्चाउँदै भाग लिएका तीनवटै इभेन्टमा स्वर्ण पदक जितेका छन् ।५०० हजार मिटरमा गोपीले निर्धारित दूरी १४ मिनेट २९.६७ सेकेण्डमा स्वर्ण जिते । 

राष्ट्रिय खेलमा ५ हजार मिटर दौडमा गोपीले स्वर्णमा ह्याट्रिक गरे । उनले सातौं र आठौंमा पनि ५ हजारमा स्वर्ण जितेका थिए ।

दाइले स्वर्ण जितेपछि आफूले पनि स्वर्ण जित्दा शिवराज निकै खुशी देखिए । ‘दाजुभाइले एकै दिन स्वर्ण जित्दा धेरै खुशी छु । मैले जिते भन्दा पनि दाइको जित ठूलो हो । दाइले जित्दा धेरै खुशी छु,’ शिवराजले भने ।आठौं राष्ट्रियमा १०० र २०० मिटर दुवैमा स्वर्ण जितेका आशिषको यस पटक भने स्वर्ण जित्ने लक्ष्य पूरा हुन सकेन । दाजुभाइले नै स्वर्ण जित्दा गोपी पनि खुशी छन् । 

२०७९ कात्तिक ३ ११:३४ बजे

प्रतिक्रिया