दुर्घटनामा ज्यान गुमाएका प्याराग्लाइडिङ खेलाडी निसिमलाई मानार्थ स्वर्ण पदक, सालीक पनि बनाइने

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ३ ११:१९ बजे
निसिम थापा

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको क्रममा प्याराग्लाइडिङबाट खसेर मृत्यु भएका खेलाडी निसिम थापालाई मानार्थ स्वर्ण पदक प्रदान गरिएको छ । प्याराग्लाइडिङ विधामै मानार्थ स्वर्ण वितरण गरिएको हो ।

आर्मीका तर्फबाट प्रतिस्पर्धामा सहभागी थापाको ३० असोजमा प्याराग्लाइडिङबाटै खसेर  ज्यान गएको हो । उनको मृत्युपछि प्याराग्लाइडिङका सबै खेल बन्द गरिएको छ भने देशभर प्याराग्लाइडिङ उडाउन  अनिश्चत कालका लागि प्रतिबन्ध  लगाइएको छ ।  

निसिमको अर्धकदको शालिक राखिने भएको छ । पोखरा रंगशालामा उनको शालिक राख्ने निर्णय राष्ट्रिय खेलकुद परिषद्ले गरेको छ । बुधबार साँझ बसेको बोर्ड बैठकले मृतक खेलाडीको सम्मानस्वरूप शालिक बनाउने निर्णय गरिएको बोर्ड सदस्य अन्जन धमलाले बताएका छन् । 

२०७९ कात्तिक ३ ११:१९ बजे

प्रतिक्रिया