आदिवासी जनजातिसँग अध्यक्ष ओलीले प्रत्यक्ष संवाद गर्न

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ३ १०:४५ बजे
अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार आदिवासी जनजातिसँग संवाद गर्ने भएका छन् ।

नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले ओलीसँग जनजाति समुदायको अन्तरक्रिया संयोजन गर्न लागेको महासचिव पेम्बा गुरुङ भोटेले जनाएका छन् । महासंघका सहइन्चार्ज तथा नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष पासाङ शेर्पा,महासंघका अध्यक्ष गोकुल घर्ती,महासचिव पेम्बासहितले ओलीलाई भेटेर कात्तिक ४ गते जनजातिसँग  ओलीले संवाद  गर्ने कार्यक्रम रहेको छ । 

ओलीले कात्तिक ४ गते नै सर्वसाधारणका सुझाव सुन्न टेलिफोन संवादको समय समेत छुट्याएका छन् । सोही दिन देशभरका आदिवासी जनजाति समुदायका अगुवा तथा जातीय संगठनका प्रतिनिधिहरुको सुझाव सुन्ने  कार्यतालीका रहेको छ ।

२०७९ कात्तिक ३ १०:४५ बजे

प्रतिक्रिया