पोखरामा चुनाव बहिष्कार विरोध सभा

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २ १६:३४ बजे
विरोध सभा

काठमाडौं । आगामी मंसिरमा हुने निर्वाचनलाई  बहिष्कार र अवज्ञा गरौँ भन्दै विभिन्न ४ कम्युनिष्ट पार्टीहरूले आज  पाेखेरामा बिरोध प्रदर्शन गरेका छन् । आज २०७९\ ०७\२ गते कास्की पोखरामा आगामी निर्वाचन बहिष्कार रअवज्ञा गरौँ भन्दै सभा सुरुभएको छ । 

कास्कीको, पोखरा चिप्लेढुङ्गामा हजारौं जनमानस जम्मा भै झन्डा ब्यानर सहित जुलुस प्रदर्शनले प्रतिकृयावादी संसदीय निर्वाचन बहिष्कार गरौँ, प्रतिकृयावादी संसदीय निर्वाचन अवज्ञा गरौँ, अमेरिकी साम्राज्यवाद मुर्दावाद , भारतीय विस्तारवाद मुर्दावाद , असमान सन्धि खारेज गर भन्दै विरोध सभा गरेको हो ।

विरोध सभा नेकपा ( क्रान्तिकारी माओवादी ) ,नेपाल कम्युनिष्ट पार्टी ( मसाल ) नेपाल कम्युनिष्ट पार्टी ( बहुमत ) र  माओवादी कम्युनिष्ट पार्टीले गरेका हुन् ।   

२०७९ कात्तिक २ १६:३४ बजे

प्रतिक्रिया