प्रतिनिधि सभाको बैठकमा कोरमै नपुगेपछि बैठक स्थगित

प्रतिनिधि सभाको बैठमा कोरमै नपुगेपछि बैठक स्थगित

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ८ १८:०५ बजे
प्रतिनिधि सभा

काठमाडौं । सांसदहरू हाजिर गरेर हिँडेपछि प्रतिनिधि सभाको बैठक  स्थगित भएको छ ।  कारागारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने क्रममा सांसदको गणना गर्दा गणपूरक सङ्ख्या नपुगेपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित भयो ।

धेरैजसो सांसदले विधेयकको विषयमा आफ्ना कुरा राखेपछि बैठक स्थलबाट बाहिरिएका थिए । केही सांसद भने हाजिर गरेर हिँडेका संसद् सचिवालयले जनाएको छ । विधेयकलाई निर्णयार्थ पेस गर्ने क्रममा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गणपूरक सङ्ख्या नभएको दाबीसहित गणना गर्न आग्रह गर्नुभएको थियो । त्यसपछि सभामुख सापकोटाले सांसदको सङ्ख्या गणना गर्न लगाउँदा गणपूरक सङ्ख्या अर्थात् ६९ जना सांसद पनि बैठकमा नरहेको पाइयो । कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नका लागि प्रतिनिधि सभामा कम्तीमा ६९ सांसद आवश्यक पर्छ ।

दुई सय ७५ सदस्यीय प्रतिनिधि सभामा ६९ जना सांसद पनि उपस्थित नहुनुलाई सांसदहरूको गैरजिम्मेवारीपन भन्दै आलोचना हुँदै आएको छ । 

२०७९ साउन ८ १८:०५ बजे

प्रतिक्रिया