महिला ज्याभ्लिन थ्रोमा चन्द्रकलाको नयाँ राष्ट्रिय कीर्तिमानी

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २ १२:५७ बजे
चन्द्रकला

काठमाडौं । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला ज्याभ्लिन थ्रोमा नेपाल पुलिस क्लबकी चन्द्रकला लामगादेले नयाँ राष्ट्रिय कीर्तिमान राखेकी छन् । उनले नयाँ कीर्तिमानी राख्दै स्वर्ण पदक पनि हात पारेकी छन् । 

उनले बुधबार ४७.६० मिटर मिटर थ्रो गर्दै नयाँ कीर्तिमान बनाएकी हुन् । यसअघि यो कीर्तिमान आर्मीकी लक्ष्मी थारुको नाममा थियो । उनले २०१९ को १३ औं सागमा ४५.२७ मिटर थ्रो गर्दै कीर्तिमान बनाएकी थिइन् ।

पोखरामा लक्ष्मीले ४५.५६ मिटर थ्रो गर्दै रजत पदक जितिन् । एपीएफकी सीमाकुमारी थारु ४५.२० मिटर थ्रो गरेर कांस्य पदक जितिन् ।

२०७९ कात्तिक २ १२:५७ बजे

प्रतिक्रिया