राजु गुरुङको आज सर्वोच्चमा पेशी

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २ १२:३५ बजे
राजु गुरुङ

काठमाडौं । रुपन्देही २ का गठबन्धन उम्मेदवार नेकपा एकीकृत समाजवादीका राजु गुरुङको रिटको सर्वोच्च अदालतमा पेशी तोकिएको छ । सोमबार न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको रिटमा आज पेशी तोकिएको हो ।

आज न्यायाधीश सुष्मालता माथेमा र कुमार रेग्मीको संयुक्त इजलासमा गुरुङको रिटको पेशी तोकिएको छ ।तर, उनको रिटको सुनुवाइ पेशीको अन्तिममा भएकाले हेर्न नभ्याउने सम्भावना पनि प्रबल छ ।

निर्वाचन आयोगले बैंकिङ कसुरसम्बन्धी मुद्दामा अदालतले सजाय तोकेका गुरुङको उम्मेदवारी खारेज गरेको थियो । त्यसका विरुद्धमा गुरुङ सर्वोच्च अदालत गएका थिए । सर्वोच्चले सोमबार अल्पकालीन अन्तरिम आदेशपछि आयोगले नै गुरुङको उम्मेदवारी कायम नै रहेको सूचना प्रकाशन गरिसकेको छ ।

२०७९ कात्तिक २ १२:३५ बजे

प्रतिक्रिया