सन्दीपलाई थप ४ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतको अनुमती

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २ १२:२५ बजे
सन्दीप लामिछाने

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतले अनुसन्धान लागि तेस्रो पटक थप ४ दिनको म्याद थप गरेको हो ।प्रहरीले सात दिनको समय मागे पनि अदालतले ४ दिनमात्रै म्याद थपेको सन्दीपका वकिल सरोज कृष्ण घिमिरेले जनाएका छन् ।

२० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उनीमाथि यसअघि २४ असोज र २७ असोजमा अनुसन्धानका लागि म्याद थप गरिएको थियो । पछिल्लो पटक २७ असोजमा अदालतले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

२०७९ कात्तिक २ १२:२५ बजे

प्रतिक्रिया