ज्याभलिन थ्रोमा आर्मीका रोहित चौधरीलाई स्वर्ण

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २ १२:१० बजे
रोहित चौधरी

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत ज्याभलिन थ्रोमा पुरुषतर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लबका रोहित चौधरीले स्वर्ण पाएका छन् ।  बुधबार पोखरा रंगशालामा रोहितले ६४।२५ मिटर थ्रो गर्दै स्वर्ण पदक जितेका हुन् ।  

अर्को विभागीय टोली नेपाल एपिएफ क्लबका रमेश पोखरेलले ५५.४३ मिटर थ्रो गर्दै रजत तथा एपिएफकै मनोज डगौराले ५३.३९ मिटर थ्रो गर्दै कांस्य पदक जितेका छन् । 

२०७९ कात्तिक २ १२:१० बजे

प्रतिक्रिया