यी हुन एथ्लेटिक्सतर्फ ८ सय मिटर दौडमा स्वर्ण जित्ने

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २ ११:०१ बजे
स्वर्ण जित्ने

काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एथ्लेटिक्सतर्फ बुधबार बिहान भएको खेलमा एपिएफकी फूलमती रानाले महिला ८ सय मिटरमा स्वर्ण  पदक जितेकी छन् । उनले २ मिनेट २७.३६ सेकेन्डको समय निकाल्दै स्वर्ण जितेकी हुन् । सरस्वती भट्टराइले २ मिनेट २७.५० सेकेन्डको समय निकाल्दै रजत जितिन्। आर्मीकै रेखा लिम्बुले २ मिनेट ३०.४८ सेकेन्डको सयम निकाल्दै काश्य हात पारिन्।

पुरुषतर्फ आर्मीका सोमबहादुर कुमालले १ मिनेट ५४.०८ सेकेन्डको समय निकाल्दै स्वर्ण हात पारे । १ मिनेट ५५.२१ सेकेन्डको समय  पार गरेका   तेजबहादुर कार्कीले रजत हात पारे ।आर्मीका सुनिल सुनारले १ मिनेट ५५.५२ को समय निकाल्दै काश्य हात पारे।

२०७९ कात्तिक २ ११:०१ बजे

प्रतिक्रिया