सन्दीप लामिछानेमाथि अनुसन्धानका लागि तेस्रोपटक म्याद थप्ने तयारी

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २ १०:४६ बजे

काठमाडौं। प्रहरीले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध आज तेस्रो पटक म्याद थप्ने तयारी गरेको छ । बलात्कार आरोप लागेका सन्दीपविरुद्ध पुनः म्याद थप्न लागेको हो ।

सन्दीपविरुद्ध दोस्रोपटक हिरासतमा राख्न अदालतसँग लिइएको पाँच दिनको अनुमति हिजो सकिए पनि सार्वजनिक बिदा परेकाले आज म्याद थपिन लागेको हो । म्याद थपका लागि अदालतमा बुझाउने तयारी भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए।

अनुसन्धान गर्न थप समय आवश्यक भएकाले हिरासतमा राख्न अनुमति मागिने एसपी मैनालीले जानकारी दिनुभयो । प्रहरी वृत्त, गौशालाबाट उनीविरुद्धको मुद्दाको अनुसन्धान अगाडि बढेको छ ।

एक नाबालिगले आफूमाथि बलात्कार गरेको आरोप लगाउँदै उनीविरुद्ध भदौ २१ मा प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । करिब एक महिनाजति विदेशमै रहेका लामिछाने नेपाल आउनेबित्तिकै त्रिभुवन विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

२०७९ कात्तिक २ १०:४६ बजे

प्रतिक्रिया