नवौं राष्ट्रिय खेलकुद : आर्मी अग्रस्थानमा

कुन प्रदेश कती

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २ ०७:४९ बजे
नवौं राष्ट्रिय खेलकुद

काठमाडौं । जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा शिर्ष स्थानमा  विभागीय टिम त्रिभुवन आर्मी क्लब रहेको छ ।

नवौं राष्ट्रिय खेलकुदको पाँचौं दिन हिजोसम्म आर्मीले ८८ स्वर्ण पदक जितेको छ । आर्मीले ५८ रजत र ३९ कास्यसहित कुल १८५ पदक हात पारेको छ।  दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले ३७ स्वर्ण, ३१ रजत र ४० कास्य पदक सहित १०८ पदक जितेको छ। 

अर्को विभागीय टिम एपीएफले ३१ स्वर्ण, ३४ रजत र ५५ कास्य पदक सहित कुल १२० पदक हात पार्दै तेस्रो स्थानमा छ। गण्डकी प्रदेशले १६ स्वर्ण १५ रजत र ३० कास्यसहित ६१  पदक हात पार्दा बागमती प्रदेशले १५ स्वर्ण, २८ रजत र ३१ कास्य सहित कुल ७४ पदक जितेको छ। 

 कुन प्रदेश कती 

सुदूरपश्चिम प्रदेशले ८ स्वर्ण, ४ रजत, २० कास्य सहित ३२ पदक, एनआरएनएले ७ स्वर्ण, ७ रजत ४ कास्य सहित १८ पदक, मधेश प्रदेशले ५ स्वर्ण, ७ रजत र ११९ कास्य पदक सहित ३१ पदक, प्रदेश १ ले ३ स्वर्ण  १६ रजत र ३२ कास्य सहित ४९ पदक जितेका छन्। 

त्यसैगरी,लुम्बिनी प्रदेशले ३ स्वर्ण, १२ रजत र २२ कास्य सहित ३७  र कर्णाली प्रदेशले १ स्वर्ण, २ रजत, ७ कास्य पदक सहित ६ पदक हात पारेको छ। असोज २८ बाट औपचारिक उद्घाटन भएको खेलको भोलि समापन हुनेछ। प्रतियोगितामा सातवटा प्रदेशसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तीन विभागीय र एक गैर आवासीय नेपाली सङ्घ ९एनआरएन० गरी कुल ११ टोली सहभागी छन्। 

४ सय ४ स्वर्ण, उति नै रजत पदक र त्यसभन्दा दोब्बर बढी कास्यका लागि प्रतिस्पर्धा भइरहेको छ। 

२०७९ कात्तिक २ ०७:४९ बजे

प्रतिक्रिया