सानो निहुँमा २ बर्षीया बालिकाका आँखा झिकेर, हात-खुट्टा छिनाएर हत्या, घण्टौ छटपटाहट

सानो निहुँमा २ बर्षीया बालिकाका आँखा झिकेर, हात-खुट्टा छिनाएर हत्या, घण्टौ छटपटाहट

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ८ १७:२१ बजे
हत्या

काठमाडौं । मानवता हराएको एउटा घटना छिमेकी मुलुक भारतमा भएको छ । उत्तरप्रदेशको अलीगढमा १० हजार ऋणको विवादमा २ वर्षको बालिकाको निर्मम हत्या गरिएको छ ।  बालककाृ त्यसरी हत्या गरिएको  सबैले आक्रोश पोखेका छन् ।

घटना अलीगढ जिल्लाको टप्पल गाउँको हो । आमाबाबुसाग पैसा सम्बन्धी विवाद हुँदा छोरीलाई अपहरण गरेर घाँटी थिचेर मारिएको हुन सक्ने प्रहरीले जनाएको छ ।

उनको हत्या यत्तिसम्म दर्दनाक थियो कि हातखुट्टा र आँखासम्म निकालिएको थियो । पुलिसले दुई हत्यारालाई पक्राउ गरेको छ । घटनाको जांच को लागि एसआईटी पनि बनाइएको छ ।

घटनालाई कांग्रेस अध्यक्ष राहुल गांधी, महासचिव प्रियंका गांधी, क्रिकेटर वीरेंद्र सहवाग, अभिनेता आयुषमान खुराना, अभिनेत्री सन्नी लियोनी लगायतले खेद प्रकट गरेका छन् ।

पोस्टमार्टम रिपोर्ट आउनु भन्दा पहिले बालिकालाई बलात्कार गरेर हत्या गरेको अनुमान गरिएको थियो । प्रहरीले दिएको जानकारी अनुसार बालिकाका हजुरबाले ति दुई जनासँग ५० हजार ऋण दिएका थिए । यसमा उनीहरुले १० हजार पैसा फिर्ता दिएका थिएनन् ।

उनीहरु बिच गएको मे २८ तारिखमा बिच विवाद भएको थियो । पैसा असुल गर्न आएका व्यक्तिहरुलाई त्यो बेला नै बदला लिने धम्की दिएको थिए । धम्की दिएको २ दिनपछि तिनिहरुले ति बालिकालाई अपहरण गरे अनी हत्या गरे ।

एडीजी (कानून र व्यवस्था) आनन्द कुमारका अनुसार एसपी ग्रामीणको नेतृत्वमा हत्याको जांचको लागि एसआईटी बनाइएको छ । फोरेंसिक टीमले केही महत्वपुर्ण सबुत जम्मा गरेको उनले जानकारी दिए ।

बाल अपराधसँग जोडिएको पोक्सो एक्ट र राष्ट्रिय सुरक्षा कानून (रासुका)  लगाउँने काम भइरहेको छ । एसएसपी आकाश कुलहरिले आरोपी जाहिद र सचम बिरुद्ध फास्ट ट्रयाक सुनवाईको लागि अदालतमा प्रयास गरिनेछ । घटना पछि ५ प्रहरीलाई निलम्बित गरिएको छ ।

ति बालिकाकी आमाले एक सरसफाइ कर्मचारीले दिएको सुचनाको आधारमा आफ्नो छोरीको शब भेटाएको बताएकी छिन् । उनले छोरीलाई पहिलोपटक देख्दा छोरीको आँखा निकालिएको थियो, एउटा हात छिनाइएको थियो भने एउटा खुट्टा पनि काटिएको अवस्थामा देखिएको थियो । उनको आँखाहरु एसिड हालेर जलाइएको थियो ।

सामान्य मान्छेहरुले सोच्न नसक्ने कुर्कम उनीहरुले ति बालिकासँग गरेको देखिएको छ । आमाले  अपराधिहरुलाई  फाँसीको सजाय दिन सरकारसाग माग गरेकी छिन । उनलाई लाग्छ उनीहरुलाई ७ वर्ष जेलमा राखेर छोड्ने हो भने उनीहरु फेरि यस्तो दुस्साहस गर्नेछन् । आमाले त्यो परिवारमा भएका अन्य सदस्यहरुलाई पनि कारबाही गर्नुपर्ने माग गरेकी छिन् ।

यता उत्तर प्रदेश सरकारका कृषिमन्त्री सूर्य प्रताप शाहीले टप्पल हत्याकाण्ड जस्ता घटनाहरु भइरहेको भन्दै अनैतिक जवाफ फर्काएका छन । उनलाई लाग्छ राज्यमा अपराध कम भएको किनभने सरकारले कडा रुपमा कारबाही गर्ने गरेको छ ।

यदी कडा कदम उठाउँदै आएको छ भने अपराध किन भइरहेको छ रु यो पनि एक आम प्रश्न हो । उनले आंकडाहरुमा राज्यमा अपराध कम भएको दावा सम्म गर्न भ्याएका छन् ।News Source Link 

२०७९ साउन ८ १७:२१ बजे

प्रतिक्रिया