हामि पवित्र छौं

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १ १४:४८ बजे
माधवकुमार नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सत्ता गठबन्धन पवित्र उद्देश्यको भएको दाबी गरेका छन् । ललितपुरमा सत्ता गठबन्धन दलका कार्यकर्ताको संयुक्त भेलालाई सम्बोधन गर्दै  उनले आफ्नो गठबन्धन पवित्र भएको तर अहिले एमालेले गरेका गठबन्धन भने अपवित्र भएको आरोप लगाएका छन् । उनले नेपालले संविधान, गणतन्त्र, संघीयता र लोकतन्त्र जोगाउन आफुहरुले  गठबन्धन  बनाएको बताए । 

उनले भने , ‘हाम्रो सहकार्य जति सशक्त हुँदै जाने छ । जति समन्वय गर्दै जाने छौं । जति जनताको माझमा पुग्ने छौं । त्यति विजय सुनिश्चित हुने छ।’ उनले भने, ‘विपक्षहरूले नै कुरा उठाउँदै छन् । तथ्यहरू अगाडि सारेर तर्कपूर्ण ढंगले गलत कुरालाई खण्डन गर्नुपर्छ । यो गठबन्धन प्रकृति हो वा अप्राकृतिक हो यो प्रश्न खडा हुन्छ । त्यसपछि काउन्टर प्रश्न तेर्स्याउनुपर्छ ।’

उनले भने,  ‘हाम्रो गठबन्धन संविधानको रक्षाका लागि बनाएको हो । २ पटक संविधान कुल्चिने काम भयो । मुलुकलाई स्थिरतातिर लग्ने काम भयो । त्यसपछि संविधान जोगाउन गठबन्धन बनायौं । संविधान मात्रै जोगाएनौँ लोकतन्त्र जोगायौँ । मुलुक अधिनायकवादतिर जान खोज्दै थियो । संविधानको आफूखुसी व्याख्या गर्न थालिएको थियो । गणतन्त्र मासिन थालिएको थियो त्यसलाई जागायौं।' साथै उनले देशको विकासका लागि अहिलेको गठबन्धन आवश्यक रहेको बताएका छन् ।

२०७९ कात्तिक १ १४:४८ बजे

प्रतिक्रिया