म्याराथन धाविका पुष्पा भण्डारी घाइते

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १ १४:१९ बजे
पुष्पा भण्डारी

काठमाडौं । म्याराथन धाविका पुष्पा भण्डारी घाइते भएकी छन् । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला म्याराथन दौडिरहेको बेला उनको खुट्टा फ्याक्चर भएर घाइते भएकी हुन् ।  

उनले भनिनन् ,२० किलोमिटर पार गर्दै थिएँ, खुट्टा दुख्यो, उनले भनिन्, वास्ता गरिनँ र  १० किलोमिटर कुदेँ ,त्यसपछि कुद्नै नसक्ने गरी दुख्यो अनि कुद्न सकिनँ । अहिले उनको पोखरास्थित अन्नपूर्ण हस्पिटलमा उपचार गरिएको छ । उनको गोलीगाँठो भन्दा तलको भागमा केही समस्या देखिएकाले प्लास्टर गरिएको  अस्पतालले जनाएको छ । 

पुष्पले १३औं दक्षिण एसियाली खेलकुद सागमा २ घण्टा ५० मिनेट ११ सेकेन्डमा म्याराथन पूरा गरी रजत पदक जितेकी थिइन । एपीएफ क्लबमा आवद्ध पुष्पाले यसपटक साग गेममा भन्दा राम्रो समय निकाल्ने तयारी गरेको भए पनि चोटका कारण सपना पूरा नभएको प्रतिक्रिया दिएकी छन् ।

२०७९ कात्तिक १ १४:१९ बजे

प्रतिक्रिया