काठमाडौं । नेपाली कांग्रेसका नेता दामोदर भुसालले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएका छन्। उनले गुल्मी २ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । भुसालले पत्रकार सम्मेलन आफ्नो उम्मेदवार निष्क्रिय बनाएको घोषणा गरेका हुन्। सत्तारूढ गठबन्धनले नेकपा (एकीकृत समाजवादी) की नेत्री रामकुमारी झाँक्रीलाई उम्मेदवार बनाएपछि उनले बागि उम्मेदवारी दिएका हुन् ।
पार्टीसँग नियमित छलफल र संवादपछि उम्मेदवारी निष्क्रिय पारेको उनको भनाई रहेको छ । उनले उनले अब झाँक्रीलाई सघाउन प्रचारमा हिड्ने बताएका छन् । यो क्षेत्रबाट नेकपा (एमाले) का सचिव गोकर्ण विष्ट उम्मेदवार छन्।
प्रतिक्रिया