बाख्राले मान्छे जस्तै पाठा जन्माएपछि – के भन्छन् विज्ञहरु

बाख्राले मान्छे जस्तै पाठा जन्माएपछि – के भन्छन् विज्ञहरु

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ८ १६:५७ बजे
मान्छे जस्तै पाठा

काठमाडौं । केही महिनाअघि अर्जेन्टिनामा एक किसानको बाख्राले मान्छेकै जस्तो रुप भएको पाठो जन्माएको खबरले सबैलाई अचम्मित बनाएको थियो ।ती किसानमाथि गाउँलेहरुले बाख्रो करणीको आरोप लगाएको र उनलाई बसिटिक्नु नभएको भन्ने खबर आएका थिए । तर, अहिले भने हाम्रो छिमेकी भारतमै एउटा बाख्राले मान्छेको जस्तै बच्चा जन्माएको छ । त्यो पनि एउटा होइन, दुई दुई वटा ।

भारतको कर्नाटकस्थित मैसूर जिल्लामा पर्ने सोलेपुर गाउँका भास्कर नामका किसानको घरमा पालेको बाख्रीले मान्छेकै जस्तो रुप भएका जुम्ल्याहा पाठा जन्माएको हो । गाउँमा बाख्रोले मान्छेकै जस्तो रुप भएको बच्चा जन्माएपछि गाउँलेहरु अचम्ममा परेका छन् भने पाठा हेर्न अन्य गाउँका मानिसहरु आउने जाने गरेका छन् ।

बाख्राले जन्माएका जुम्ल्याहा पाठा जिउँदा भने छैनन् । जन्मिँदै ती पाठा म’रेका थिए । बिहान साढे ६ बजे बाख्रीले पहिलो म’रेको पाठो जन्मायो, जसको आकार मान्छेको जस्तै रहेको थियो ।

त्यसको पाँच घण्टापछि अर्को म’रेको पाठी जन्मियो । उक्त पाठीको आकार प्रकार पनि मान्छेको जस्तै थियो । समाचार अनुसार ती पाठा पाठीका ७० प्रतिशत रुपरंग मान्छेकै जस्ता छन् । आँखा, नाक र मुख मान्छेकै बच्चाको जस्तो छ । खुट्टा पनि मान्छेकै जस्ता छन् ।

जिउ मान्छेको जस्तै सिधा छ । मात्र फरक भनेको हातखुट्टामा औँलाको साटो खुर छन् भने कान पनि बाख्रोका जस्तै छन् । मान्छेका जस्ता बच्चा जन्माउने बाख्रोका मालिक भास्कर आफ्नो बाख्रोले डरलाग्दा पाठा पाठी जन्माएपछि निकै आत्तिएका छन् ।

आफूले ४ वर्षदेखि त्यो बाख्रो पाल्दै आएको र अहिलेसम्म बाख्रोले १० वटा सामान्य पाठोपाठी पाएको उनले बताएका छन् । मान्छेको आकारका पाठापाठी जन्मिएछि त्यसलाई हेर्न सयौँ मानिस भास्करको घरमा भेला भएका छन् ।

विज्ञहरुका अनुसार वंशाणुगत विकृति अर्थात् इन्फेक्सनका कारण त्यस्तो पाठापाठी जन्मिएका हुन् । त्यसलाई चिकित्साको भाषामा फेटल एनासार्ता भनिन्छ । कर्नाटकको पशु विभागले भास्करको बाख्राले जन्माएका ती अचम्मका मृत पाठापाठीलाई सुरक्षित गरेर राख्ने र अर्को वर्षको अक्टोबरमा हुने दशरा प्रदर्शनीमा प्रदर्शनमा राख्ने योजना बनाएको छ । तस्वीर:  डेकन क्रोनिकल डटकम

२०७९ साउन ८ १६:५७ बजे

प्रतिक्रिया