बागीलाई कात्तिक ४ गतेसम्म उम्मेदवारी निष्क्रिय पार्न कांग्रेसको अल्टिमेटम

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १ ११:३१ बजे
कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि पार्टी तथा सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी ‘बागी उम्मेदवारी दिनेलाई उम्मेदवारी निष्क्रिय बनाउन कात्तिक ४ गते सम्म समय दिएको छ । 

यसअघि कांग्रेसले असोज ३१ गतेभित्र बागी उम्मेदवारहरुलाई उम्मेदवारी निष्क्रिय बनाउन आग्रह गरेको थियो । तर नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिनेहरुले उम्मेदवारी फिर्ता लिएका छैनन् ।  

सोमबार एक वक्तव्य जारी गर्दै कांग्रेसले कात्तिक ४ गतेभित्र आफ्नो उम्मेदवारी निष्क्रिय पारी पार्टी तथा गठबन्धनका उम्मेदवारलाई समर्थन जनाउन ‘बागी उम्मेदवार’लाई आह्वान गरेको हो। यसरी उम्मेदवारी निष्क्रिय पार्ने उम्मेदवार तथा तिनका समर्थक र प्रस्तावक नेतारकार्यकर्तामाथि गरिएको कारबाही फिर्ता हुनेपनि कांग्रेसले जनाएको छ। 

२०७९ कात्तिक १ ११:३१ बजे

प्रतिक्रिया