बैतडीका यि ठाउँमा थपिए ५ वटा मतदान केन्द्र

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १ ११:१७ बजे
मतदान केन्द्र

काठमाडौं । आगामि मंसिरमा हुने निर्वाचनका लागि  बैतडीमा ५ वटा मतदान केन्द्र थपिएका छन् । २०५ ओटा मतदान केन्द्र रहेको जिल्लामा आसन्न चुनावका लागि ५ ओटा मतदान केन्द्र थपीएसँगै  अब बैतडीमा २ सय १०  मतदान केन्द्र भएका छन् ।  

थप भएका मतदान केन्द्रमा मणिलेक मावि गुरुखोला, शिवस्थली मावि जर्ग, दशरथचन्द नगरपालिका- ५ को कार्यालय पल्लाचौंडाली, पुर्चौंडीस्थित जनता मावि रौनालीचौर र मेलौलीस्थित कोटेश्वर आधारभूत विद्यालय केन्द्र रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।  

यस्तै आसन्न निर्वाचनका लागि जिल्ला कारागारमा पनि एउटा अस्थायी मतदान केन्द्र राखिने निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा १२९ मतदानस्थल रहेका छन् भने २१० ओटा मतदान केन्द्र छन्  ।  

२०७९ कात्तिक १ ११:१७ बजे

प्रतिक्रिया