टेबल टेनिसमा नेपाल पुलिसका विनेश खनियाँ एक्लैले जिते तीन स्वर्ण

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ३१ १४:०७ बजे
विनेश खनियाँ

काठमाडौं । पोखरामा भइरहेको नवौँ राष्ट्रिय खेलुकद प्रतियोगिता अन्तर्गत सोमवारसम्म टेबल टेनिस प्रतियोगिताका पाँचवटा खेल सम्पन्न भएका छन् । चार वटा इभेन्टको स्वर्ण नेपाल प्रहरीले र एउटा इभेन्टतर्फको स्वर्ण सशस्त्र प्रहरीले  पाएको छ । 

सोमवारसम्म सम्पन्न प्रतियोगिता अन्तर्गत पुरुष टिम, महिला टिम, पुरुष डबल्स र मिक्स डबल्स गरी ४ वटा इभेन्ट्सको स्वर्ण पदक नेपाल प्रहरीले र महिला डबल्सको स्वर्ण पदक सशस्त्र प्रहरीले  हात पारेको  हो ।  आज बिहान सम्पन्न पुरुष डबल्स इभेन्ट्समा नेपाल पुलिस क्लबले ३­ –१, ११–८, ११–५, ११–१३,११–६ को ३–१ ले शसस्त्र प्रहरीलाई पराजित गर्दै स्वर्ण पदक हात पारको हो । 

यसैगरी प्रतियोगितामा सहभागी ११ टिममध्ये सशस्त्र प्रहरीले २ रजत, नेपाल प्रहरी,  नेपाली सेना र वाग्मती प्रदेशले १र१  रजत जितेको छ ।  भने कास्य पदकतर्फ वाग्मती प्रदेशले २, एनआरएनएले २, प्रदेश नं १ ले २, त्रिभुवन आर्मी क्लबले २, नेपाल पुसिल क्लबले १ र गण्डकी प्रदेशले १ कास्य पदक प्राप्त गरेका छन् । 

स्वर्ण पदक पाउन सफल नेपाल प्रहरीको खेलाडीहरुमा  पुरुष टिम इभेन्टतर्फ सन्तोष श्रेष्ठ, विनेश खनियाँ, संयोग कपाली, विपुल महर्जन र प्रदीप रोका, महिला टिम इभेन्टतर्फ नविता श्रेष्ठ, एलिना महर्जन, मञ्जु सुवल, यस्वासी अवल, शुभाश्री श्रेष्ठ, पुरुष डबल्सतर्फ सन्तु श्रेष्ठ र विनेश खनियाँ, मिक्स डबल्सतर्फ विनेश खनियाँ र एलिना महर्जन रहेका छन् भने महिला डबल्स इभेन्ट्सतर्फ सशस्त्र प्रहरीलाई स्वर्ण पदक दिलाउन सफल खेलाडीहरुमा सिक्का सुवाल र वियन्का राई रहेका छन् ।  


२०७९ असोज ३१ १४:०७ बजे

प्रतिक्रिया