महेश बस्नेतको टिप्पणी- ओलीका अगाडि देउवा ‘भेलुबाजे’ जस्तै

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ३१ १३:३९ बजे
महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता  महेश बस्नेतले भावी प्रधानमन्त्रीको रूपमा अध्यक्ष केपी शर्मा ओली भएको दाबी गरेका छन् । उनले भावी प्रधामन्त्री ओली नै भएको  भन्दै नेपाली कौंग्रेसका शेर बहादुर देउवाको तुलना ओली सँग नहुने बताएका छन् । 

निर्वाचनलाई केन्द्रित रहेर रफत सञ्चार क्लब भक्तपुरद्वारा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रमलाई बोल्दै  भाबी प्रधामन्त्री ओली नै भएको बताएका छन् ।

‘उनले भने,  हामीले केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेका छौँ। तर, गठबन्धनले अबको भावी प्रधानमन्त्रीको भनेर अगाडि बढाउन सकेको छैन । अब शेरबहादुर देउवा नै भावी प्रधानमन्त्री होलान् भनेर मान्छेले अनुमान गर्न थालेका छन्’ उनले भने, ‘कतिपय टिकटकमा तथा हास्य क्षेत्रका साथीहरूले ओलीको अगाडि देउवा भेलुबाजे जस्तै हुन् सम्म भन्न थालेका छन् । टिकटकमा अहिले चर्चित पात्र भेलु बाजे छन् नि ।’

उनले देउवालाई लक्षित गरेर भेलुबाजे जस्तो प्रधानमन्त्री कहिलेसम्म थेग्ने रु भनेर प्रश्न गरेका छन्। ओली नेतृत्वको सरकारले प्रत्येक दिन विकास निर्माणको योजना शिलान्यास हुने गरेको बताए । उनि भक्तपुर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार  समेत रहेका छन् ।  

२०७९ असोज ३१ १३:३९ बजे

प्रतिक्रिया