एथलेटिक्सका तिन खेलमा दुई स्वर्ण आर्मीलाई

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ३१ १३:११ बजे
दुई स्वर्ण आर्मीलाई

काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको ट्रयाक इभेन्टमा त्रिभुवन आर्मी क्लबले  दुई स्वर्ण हातपारेको  छ । पोखरा रङ्गशालामा सोमवार आज बिहान भएका तीन वटा खेलमा नोपाल आर्मीले दुईवटा स्वर्ण उपाधि हात पारेको  हो ।   

१ सय १० मिटर हडल्स पुरुषमा आर्मीका जीवन चौधरीले स्वर्ण पदक हात पारे । उनले निर्धारित दूरी १५ दशमलव ३ सेकेण्डमा पुरा गरे । नेपाल पुलिसका चन्द्रदेव जोशीले १५ दशमलव ८१ सेकेण्डमा दूरी पार गर्दै रजत पदक  हात पारे  । आर्मीकै रामप्रसाद थारुले १९ सेकेण्डमा दूरी पार गर्दै कास्य पदक आत पारे ।

३ हजार मिटर स्टिबल चेष्टमा आर्मीका दुर्गबहादुर बुढाले कीर्तिमानसहित स्वर्ण जिते । उनले ८ मिनेट ५५ दशमलव १९ सेकेण्डमा दूरी पार गरे । अजित यादवले ९ मिनेट २१ दशमलव १० सेकेण्डमा पूरा गर्दै रजत पदक जिते । कास्य पदक त्रिभुवन आर्मीका सुवास कार्कीले प्राप्त गरे । उनले ९ मिनेट २२ दशमलव १५ सेकेण्डमा दूरी पार गरे।  

एक सय मिटर हडल्स महिलामा आर्मीकी जयरानी थापाले स्वर्ण पदक जितिन् । उनले १ सय मिटर दूरी १५ दशमलव ६९ सेकेण्डमा पूरा गरिन् । रजत पदक आर्मीकी निर्मला थापाले १६ दशमलव २५ सेकेण्डमा पूरा गर्दै हात पारिन् । एपीएफकी भगीरथि कुमारी थारुले १९ दशमलव १३ सेकेण्डमा पूरा गर्दै कास्य पदक जितिन् ।

२०७९ असोज ३१ १३:११ बजे

प्रतिक्रिया