'जब शेरबहादुर देउवा जी र म नै मिलिसकेपछि वडामा तपाईंहरु किन झगडा गर्नुहुन्छ ? '

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ३१ १२:२६ बजे
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका शेखर कोइराला र पार्टी सभापति शेरबहादुर देउवाबीचको मेलमीलाप  भएको  छ ।शेखरले  सोमबार मोरङको हरैंचामा आयोजित चुनावी कार्यक्रममा बोल्दै सभापति देउवा र आफू मिलिसकेको  जनाएका हुन् । उनले भने,  ‘स्थानीय निर्वाचनमा के भयो, महाधिवेशनमा के भयो, त्यो तपाईंहरु सबैले त्याग्नुस्, मैले त त्यागीसकें । तपाईंहरुले किन नत्याग्नेरु’ ।  

१४ औं महाधिवेशनमा सभापतिका लागि देउवा र आफू पक्षधर तलैबाट लड्दै केन्द्रसम्म प्रतिस्पर्धा गरेको उनले बताए । ‘जब शेरबहादुर देउवा जी र म नै मिलिसकेपछि वडामा तपाईंहरु किन झगडा गर्नुहुन्छरु, किन झगडा गर्नुभएको छ, मैले बुझ्न सकेको छैन ।’ गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनदेखि डा.कोइराला देउवासँग रुष्ट बनेका थिए ।

२०७९ असोज ३१ १२:२६ बजे

प्रतिक्रिया