देउवाको गृह जिल्ला डडेल्धुरामा आफुलाई मार्ने र कुट्ने माओवादीसँग तालमेल गरेको भन्दै वडा सभापतिले पार्टी परित्याग गरे

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ३० १४:२३ बजे

काठमाडौं । ‍प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति  शेरबहादुर देउवाको गृह जिल्ला  डडेल्धुरामा एकजना कांग्रेसका सभापतिले पार्टी परित्याग गरेका छन् । आलिताल गाउँपालिका वडा नम्बर ५ का सभापति पदमबहादुर खडायतले पार्टी परित्याग गरेका हुन् । 

उनले एक सूचना जारी गर्दै नेपाली काँग्रेसले वीपी र सिद्धान्त नमानेको पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको सिद्धान्त विपरित कार्य गरेकाले  पार्टी छोडेको बताएका छन् । उनले जिल्ला कार्यसमिति  आलीताल गाउँ कार्यसमिति जनता र कार्यकर्ता प्रति उत्तरदायी नभएका कारणले नेपाली कांग्रेसको र नेपाली जनताका इच्छा विपरित माओवादीसँगको गठबन्धन गर्नुको कारण नेपाली कौंग्रेस छोडेको बताएका छन् ।

उनले नेपाली काङ्ग्रेमा पाएको भूमिका निभाउँदै नेपाली कांग्रेसको कार्यकर्ता मार्ने पिट्ने निरंकुश विचार  बोकेर आएका कम्युनिस्टसँग अपवित्र गठबन्धन प्रति आपत्ति जनाउँदै पार्टी छोडेको बताएका छन् । 

Open photo

२०७९ असोज ३० १४:२३ बजे

प्रतिक्रिया