स्रोत नखुलेको १३ लाख नगदसहित एक जना पक्राउ

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ३० १३:४२ बजे
पक्राउ

काठमाडौं । कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ गणेशपुर चोकबाट स्रोत नखुलेको नगद १३ लाख ८ सय रुपैयाँसहित एक जनालाई पक्राउ  गरिएको छ । प्युठान नगरपालिका–८ मानागाँउ बस्ने ३४ वर्षीय सुशिल बहादुर पुन मगर शनिबार राति  पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कृष्णनगरबाट चन्द्रौटातर्फ जाँदै गरेको लु १ ख २३९७ नम्बरको बसलाई इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारी उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको  । 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय बुटवल पठाइएको प्हरीले जनाएको छ ।  

२०७९ असोज ३० १३:४२ बजे

प्रतिक्रिया