देशभक्तिको आवाज उठाउनेहरूलाई उम्मेदवारीबाट बञ्चित गर्नेहरू नै अरुको रणनीतिका पृष्ठपोषक हुन् : भीम रावल

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २९ १२:०९ बजे
भीम रावल

काठमाडौं । नेकपा एमाले नेता भीम रावलले राष्ट्रिय हित, स्वाभिमान र  देशभक्तिको आवाज उठाउनेहरूलाई उम्मेदवारीबाट बञ्चित गर्नेहरु नै वस्तुतः अरुको रणनीतिका पृष्ठपोषक ठहरिने बताएका छन् । उनले आफ्ना एकल  सिफारिस हुँदा  पनि पार्टीले टिकट खोसेको भन्दै पार्टी नेतृत्वको आलोचना गर्दै आएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, 'एमालेका पदाधिकारी रहेका एकजनाले मलाई अनुशासन वाहिर रहेको र अरु कसैको रणनीतिमा बोलेको भनेको पढियो । प्रतिक्रियावादी र विदेशीसंग साँठगाँठ गर्ने पार्टीका प्रमुखलाई समानुपातिक र प्रत्यक्ष तर्फ उम्मेदवार बनाउने, आफैले प्रतिक्रियावादी भनेकासंग तालमेल गर्ने र क्षेत्रदेखि प्रदेशसम्म एकल सर्वसम्मत उम्मेदवार सिफारिस भएकालाई उम्मेदवारीबाट बञ्चित गर्नेहरुले नै पार्टी अनुसशासन र विधि उल्लंघन गरेको र अरुको रणनीतिमा चलेको स्पष्ट  छ ।  राष्ट्रिय हित, स्वाभिमान र  देशभक्तिको आवाज उठाउनेहरुलाई उम्मेदवारीबाट बञ्चित गर्नेहरु नै वस्तुतः अरुको रणनीतिका पृष्ठपोषक ठहरिन्छन् ।' 

२०७९ असोज २९ १२:०९ बजे

प्रतिक्रिया