एसपीपीको सम्बन्धमा सरकाले कुनै जानकारी नदिएपछि रावलको -अक्रोश सरकारले सुन्न छोडेको हो ? कानको उपचार गर्नुपर्ने भयो ?

एसपीपीको सम्बन्धमा सरकाले कुनै जानकारी नदिएपछि रावलको अक्रोश सरकारले सुन्न छोडेको हो ? कानको उपचार गर्नुपर्ने भयो ?

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ८ १५:२२ बजे
भीमबहादुर रावल

 काठमाडौं ।  नेकपा एमालेका सांसद भीमबहादुर रावलले एसपीपीको सम्बन्धमा अमेरिकालाई पत्र लेखेको अवस्थाको बारेमा संसदलाई जानकारी  गराउन सरकालाई  वेला वेला  प्रश्न गर्दै  आएका  छन् ।  साथै उनले सरकाले  यो बिषयमा जानकारी नदीयप्रती  सरकाले जानकानी गरिरहेको  बताएका छन् ।

आज आइतवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै  रावलले अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) सम्झौता कार्यान्वयन नगर्ने सरकारको निर्णय अमेरिकालाई जानकारी नगराइएको  बताए ।  उनले पत्र पठाए–नपठाएको सम्बन्धमा संसदमा जानकारी गराउन सभामुखले गरेको निर्देशन पनि सरकारले  नसुनेको बताएका छन् । सभामुख र संसदीय समितिको निर्देशन सरकारले नसुनेको भन्दै उहाँले सरकारले श्रवणशक्ति गुमाएको टिप्पणी  समेत  गरेका छन् ।

उनले भने , ‘एसपीपीको सम्बन्धमा सरकारको निर्णयको कार्यान्वयनको अवस्था र पत्र पठाएको अवस्थाको सम्बन्धमा के छ भनेर सदनलाई जानकारी गराउनका लागि सभामुखले निर्देशन दिनुभएको आज पाँच दिन बित्यो । सरकार कहाँ छ ? यो देशमा छ रु कि कतै छ? अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्णय नमान्ने । सभामुखले दिएको निर्देशन पनि नसुन्ने । होइन सरकारले कहिलेदेखि कान सुन्नलाई श्रवणशक्ति गुमायो रु भन्ने प्रश्न उठ्छ कि उठ्दैन रु रोस्ट्रमबाट बोल्दा अलिकति सुन्छ कि भनेको, सरकारको कानको उपचार त राम्ररी गर्नुपर्ने भयो । नेपाली जनताले चुनावमा गर्छन् कि हेरौँ ।’ 

२०७९ साउन ८ १५:२२ बजे

प्रतिक्रिया