ओलीकाे असंवैधानिक कामको विरोध गरेकाले मलाई टिकट दिइएन : भीम रावल

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २७ १३:४५ बजे
भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले आफूले राष्ट्र र राष्ट्र हितका पक्षमा बोलेकै कारण पार्टीले टिकट नदिएको बताएका छन् ।  काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आफूले ओलीले गरेका राष्ट्रहित विपरीतका र असंवैधानिक कामको विरोध गरेका कारण टिकट नपाएको बताएको छ । 

पार्टी विभाजन रोक्नका लागि आफूहरुसँग भएको १० बुँदे सहमति पनि ओलीले कार्यान्वयन नगरेको आरोप रावलले लगाए ।  उनले  पार्टीमा पसिना बगाएका इमान्दार कार्यकर्तालाई पाखा लगाएर जनताबाट अस्वीकृत व्यक्तिलाई उम्मेदवार बनाउनु कसरी न्याय संगत भयो भनेर प्रश्न पनि गरेका छन् ।

२०७९ असोज २७ १३:४५ बजे

प्रतिक्रिया