कांग्रेसले गर्यो बागी उम्मेदवारी दिनेलाई पार्टीको सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि निष्काशित

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २७ १०:१० बजे
कांग्रेस

 काठमाडौं । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने र उम्मेदवारी फिर्ता नलिनेलाई निजका प्रस्तावक तथा समर्थकलाई पाँच वर्षका लागि पार्टीबाट निष्काशित गरेको छ ।

कांग्रेसले सत्तारुढ गठबन्धन दल र मधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीबीच भएको सहमतिअनुरूप कांग्रेसका आधिकारिक उम्मेदवार, सत्तारुढ गठबन्धन दल र मधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी  बागी उम्मेदवारलाई पार्टी विधानबमोजिम कारवाही गरेको  जनाएको छ ।  

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवार र निजको प्रस्तावक र समर्थकलाई कांग्रेसको विधानअनुसार पार्टीको सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि निष्कासन गरिएको उल्लेख गरिएको छ । 

२०७९ असोज २७ १०:१० बजे

प्रतिक्रिया