एमाले उपाध्यक्ष विष्णु पौडेल लगभग निर्विरोध

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २६ १०:१९ बजे
विष्णु पौडेल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल  नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेल रुपन्देही क्षेत्र नं. २ मा लगभग निर्विरोध निर्वाचित हुने अवस्था भएको छ ।  गठबन्धन लगायका उम्मेदवारको उम्मेदवारी खारेज भएपछि पौडेललाई निवार्रचन जित्न सहज भएको हो ।   

निर्वाचन आयोग, निर्वाचन अधिकृतको कार्यालयले जानकारी सम्बन्धमा सूचना जारी गर्दै उम्मेदवारहरुको उम्मेदवारी खारेज भएको  बताएको छ । उक्त सूचनामा भनिएको छ, प्रस्तुत विषयमा यस रुपन्देही जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं.२ को प्रतिनिधि सभा सदस्य पदमा हाम्रो नेपाली पार्टीका उम्मेदवार श्री कमल भुसाल विरुद्धमा स्वतन्त्र उम्मेदवारहरु श्री विष्णु विश्वकर्मा र टोप नारायण पौडेलले यस कार्यालयमा मिति २०७९ र ०६ र २४ गते उजुरी दर्ता गरेकोमा उक्त उजुरी उपर मिति २०७९ र ०६ र २५ गते छाबिन गर्दा निज हाम्रो नेपाली पार्टीका उम्मेदवार श्री कमल भुसालको उम्मेदवारी प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा १५ को खण्ड (ङ) बमोजिम उम्मेदवार हुन पाउने योग्यता नपुगेकाले निजको उम्मेदवारी खारेज भएको छ ।

साथै मिति २०७९ ०६ २३ मा दर्ता गराएको उम्मेदवारहरुको मनोनयन पत्रहरु मिति २०७९ र ०६ र २४ र २५ गते जाँचबुझ गर्दा उम्मेदवारहरु मध्ये नेकपा एकीकृत समाजवादी पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्य क्षेत्र नं. २ रुपन्देहीका उम्मेदवार श्री राजु गुरुङ्ग र सोही क्षेत्र तथा पदका स्वतन्त्र उम्मेदवार श्री हिमाल वश्यालको प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ को खण्ड (ज) तथा प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा (१६) बमोजिम निर्वाचनमा उम्मेदवार हुन अयोग्य देखिएकोले निजहरुको उम्मेदवारी खारेज हुने गरि आजै निर्णय भएकाले जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

२०७९ असोज २६ १०:१९ बजे

प्रतिक्रिया