एनआरएनलाई नेपालमा लगानी गर्न प्रधानमन्त्री देउवाको आह्वान

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २५ १३:०६ बजे
प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गैर आवासीय नेपाली (एनआरएन)लाई आफ्नो सीप, पुँजी र प्रविधिलाई  नेपालमा प्रयोग गर्न आग्रह गरेका छन् । देउवाले आज (मंगलबार) एनआरएन डेको अवसरमा आयोजित कार्यक्रममा देउवाले प्रवासमा  रहेकाहरूलाई  नेपालमा लगानी गर्न अनुरोध गरेका हुन् ।  

'‘गैर आवासीय नेपालीहरूले आफूले विदेशमा आयात गरेको आर्जनलाई नेपालका विभिन्न क्षेत्रमा लगानी गर्नुहोस्’, उनले भने । 

देउवाले विदेशमा रहेका नेपाली राजदूतावाससँग समन्वय गरेर विदेशी लगानीकर्ता खोजेर नेपाल भित्र्याउन  आवश्यक रहेको उनको भनाई रहेको छ ।  नेपालमा उत्पादित वस्तुलाई प्राथमिकता दिएर विदेशमा पुर्‍याउनसमेत आग्रह गरे।  गैर आवासीय नेपालीलाई नागरिकता दिन ऐन संशोधन गरेर निकट भविष्यमा नै ल्याइने  देउवाको दाबी रहेको छ । 

२०७९ असोज २५ १३:०६ बजे

प्रतिक्रिया