जसपाका मन्त्रीहरूलाई हटाउने प्रधानमन्त्रीको तयारी

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २५ १२:२८ बजे
प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का मन्त्रीहरूलाई  हटाउने भएका छन् । मन्त्रीहरुका  विषयमा वार्ता गर्नका लागि  प्रधानमन्त्री  देउवाले आज सत्तारुढ पार्टीका नेताहरूलाई  भेट्ने भएका छन् । गठबन्धनमा रहेका अन्य पार्टीका नेताहरूले पनि जसपालाई सरकारबाट हटाउनुपर्ने धारणा राखेका छन् ।

जसपाले आफूसँग सत्तामा रहेका विभिन्न पार्टीहरूसँग चुनावी तामेल नगरी  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग सहकार्य र तामेल गरेपछि जसपालाई सरकारबाट हटाउने भन्ने कुरा उठेको हो । जसपाले एमालेसँग विभिन्न १४ जिल्लामा चुनावी तालमेल गरेको छ । 

प्रधानमन्त्रीले मन्त्रीहरू हटाए पनि नयाँ नियुक्त भने गर्न पाउने छैनन् । निर्वाचन आयोगका अधिकारीहरू पनि नयाँ मन्त्री नियुक्ति आचारसंहिता विपरीत हुने बताउँछन् ।

२०७९ असोज २५ १२:२८ बजे

प्रतिक्रिया