दुई देशको नागरिकता लियो जता मन लाग्यो गयो बाबुहरुले यसो राजनीति गर्न खोज्या छन्-ओली

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २४ २०:५२ बजे
केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले आफूले निर्वाचनमा चुनावी तालमेल गरेको गठबन्धन नगरेको बताएका छन्  ।  उनले आफू गठबन्धनको विरोधी भएकाले आफूले चुनावमा गठबन्धन गर्नु भुल हुने र आफूले तामेल  मात्रै गरेको बताएका छन् ।

उनले आगामी निर्वाचनपछि एमालेको सरकार बन्ने दाबी गरेका छन् । यता ५ दलीय गठबन्धनमा रहेका सत्तारुढ गठबन्धनले सरकार बनाउने कुरा सपना भएको  उनको भनाई रहेको छ ।  

उनले आगामी निर्वाचनपछि सत्तारूढ गठबन्धनमा रहेका राजनीतिक दलहरूको कन्तबिजोक हुने पनि बताएका छन् । उनले आफ्नो पार्टीमा टिकट वितरणमा भएको असन्तुष्टि सामान्य भएको बताएका छन् ।  उनले देशभरका सबै उम्मेदवारलाई  टिकट दिन नसकिने बताउँदै यो सामान्य भएको बताएका छन् । 

पार्टीका ठूला नेता तथा कार्यकर्ताहरु यसपालि टिकटबाट वञ्चित भएको बताउँदै उनले पार्टीबाट टिकट को लागि मात्रै पर्खेका हरुका लागि केही भन्न बाँकी नरहेको बताएका छन् । अहिले स्वतन्त्र मा आएका व्यक्तिहरुले राजनीतिक व्यक्तिहरूले काम नगरेन भनेर अनावश्यक गफ पिटेको आरोप लगाएका छन् ।

उनले अहिले नयाँहरुलाई एजेन्डा नभएकै कारण आफुहरको  विरोध गर्दै राजनीतिमा लाग्न खोजेको आरोपसमेत लगाएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई केन्द्रित गर्दै भने अहिले  दुई देशको नागरिकता लियो जता मन लाग्यो गयो  दिएन भने  फर्केर आयो ठुलाको पल्ट्यो 

उनले भने 'बाबुहरुले यसो राजनीति गर्न खोज्या छन्  । यस कुरामा हामीले किन टाउको दुखाउने कोसिस गरेका छन्  । अभ्यास गरेछन् राम्रो हो।'

२०७९ असोज २४ २०:५२ बजे

प्रतिक्रिया