वकिलहरूले जन्ममिति घटाएको प्रमाण अदालतमा पेश गर्ने - मिल्न सक्छ सन्दीपलाई सफाइ

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २४ १८:२७ बजे
सन्दीप लामिछाने

काठमाडौं । नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप लगाएकी किशोरीले आफ्नो उमेर घटाएको आज भएको बयानका क्रममा  सन्दीप लामिछानेले बयान दिएका छन् । यही आधारलाई प्रमाणको रुपमा लिने हो भने सन्दीपले सफाइ पाउने संकेत गर्दछ । 

पीडित किशोरी जन्म पर्सा जिल्लाको वीरगञ्जस्थित एक अस्पतालमा भएको खुलेको छ । अस्पतालको तथ्यांकमा उनको जन्ममिति २०५९ जेठ उल्लेख रहेको वकिलहरूले जनाएका छन् । ​

 लामिछानेका वकिलहरूले पनि पीडित भनिएकी किशोरीले उमेर लुकाएको बताएका छन् ।  पीडित किशोरीको परिवार नुवाकोट बसाइँ सर्दा उल्लेख भएको बसाइँसराइ प्रमाणपत्रमा पनि ती किशोरीको जन्ममिति २०५९ उल्लेख रहेको  वकिलले बताएका  छन् ।  ति किशोरी अहिले उमेर लुकाएको प्रमाणहरू आफूले फेला पारेका वकिलहरूको भनाइ रहेको छ । किशोरको जन्म २०५९  सालमा भएको भए पनि किशोरीको जन्मदर्ता ६१ सालमा भएको र सोही अनुसार उनको नागरिकता बनाइएको वकिलहरूको भनाई रहेको छ ।  

सन्दीपलाई हिरासतमा राख्न म्याद थप भएपछि काठमाडौं जिल्ला अदालतबाट बाहिरिने क्रममा अधिवक्ता सुधा रिमालले आफूहरूसँग ती किशोरी नाबालिका नभएको प्रमाण सुरक्षित रहेको दाबी गरिन् ।

न्यायाधिवक्ता रिमालले भनिनन् पीडित भनिएकी किशोरी नाबालिका नभएको प्रमाण हामीसँग छ ।  उनका न्यायाधिवक्ताहरूले सन्दीपलाई फसाइएको दाबी गरेका छन् ।  उनीहरूले किशोरीले उमेर घटाएको प्रमाण  अदालतमा नै पेश गर्ने बताएका छन् । 

के भएको थियो घटनाको दिन 

सन्दीपले पीडित युवतीले आफूलाई ‘प्रेसर’ गरेर भेट्न खोजेपछि मात्र भेटेको दाबी गरेका छन् । ती किशोरीसँग एक क्रिकेटरको प्रेमिकामार्फत चिनजान भएको कुरा उनले वकिलहरूलाई बताएका छन् । चिनजान भएको ३ दिनपछि किशोरीले आफू ‘फ्यान’ भएको अहिलेसम्मका सबै खेल हेरेको बताकी सन्दीपले बताएका छन् ।  

त्यसपछि युवतीले भेट्न आग्रह गरेको सन्दीपले  भनाई रहेको छ । आफूले विदेश खेल्न जानुपर्ने र क्लोज क्याम्पमा रहेका खेलाडीहरूका लागि व्यवस्थापकीय पाटोमा पनि सघाउनुपर्ने भएकाले भेट्न नसकिने बताएको उनले उल्लेख गरेका छन् ।

फ्यानलाई निराश बनाउन हुँदैन भन्ने उनीहरूसँगकै सल्लाहमा भेटेको र युवतीकै जिद्दीका कारण नगरकोट पुगेको उनले बताएका छन्  । त्यसक्रममा आफूले पटक–पटक उमेर सोधेको पनि सन्दीपले बताएका छन् ।

सनदीपलाई भदौ ५ गते १७ वर्षीया किशोरीलाई काठमाडौंको एक होटलमा पटक–पटक बलात्कार गरेको आरोप लागेको छ ।असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट  सन्दीप लामिछानेलाई पक्राउ गरेको थियो ।

२०७९ असोज २४ १८:२७ बजे

प्रतिक्रिया