माओवादी नेतालाई एमाले प्रवेश गराउदै कमल थापाले भने - सूर्य चिह्नबाट चुनाव लड्नु गौरवको कुरा

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २४ १७:५१ बजे
काठमाडौं । मकवानपुरमा आज नेकपा माओवादी केन्द्रका जिल्लास्तरका नेताहरु  पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश  गरेका छन् । एमालेम प्रवेश गरेकाहरुलाई राप्रपा नेपालका अध्यक्ष कमल थापा स्वागत गरेका छन् ।
एमालेले आगामी मंसिर ४ मा हुने निर्वाचनका सन्दर्भमा चुनावी रणनीति बनाउनका लागि आफ्ना पार्टीका तर्फबाट उम्मेदवार बनेका नेता र जनवर्गीय संगठनका नेतासँग अन्तर्क्रिया कार्यक्रम राखेको थियो ।
उक्त कार्यक्रममा एमालेको समर्थनमा उम्मेद्वार बनेका थापा पनि अरु उम्मेद्वारसँगै थिए । यहि कार्यक्रममा माओवादी केन्द्रका जिल्ला सदस्य शंकर राउत एमाले प्रवेश  गरेका हुन् । उनले कार्यक्रममा आफ्नो मतव्य  राखदै एमाले अध्यक्ष ओलीको निकै प्रशंशा गरे  
उनले सूर्य चिह्नबाट चुनाव लड्न पाउनु आफ्नो लागि गौरवको कुरा भएको बतााएका छन् ।  उनले भने, ‘मलाई यो भन्दाखेरी गौरवको अनुभव हुन्छ कि एमालेजस्तो गौरवशाली राष्ट्रियता र लोकतन्त्रको पक्षमा निरन्तर संघर्ष गरेको पार्टीको सहयोग प्राप्त गर्नु र उक्त पार्टीको अत्यन्तै लोकप्रिय चुनाव चिह्न सूर्यबाट चुनाव लड्न पाउनु मेरो निमित्त सौभाग्य नै हो भन्ने ठानेको छु । उनले भे, अब म सूर्यध्वजाबाहक ठुलो परिवारको सदस्यको रुपमा रहेको छु ।’
२०७९ असोज २४ १७:५१ बजे

प्रतिक्रिया