भीम रावलले एमाले नछाड्ने

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २४ १५:५८ बजे
भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले एमाले नछाड्ने  भएका छन् ।  उनले हिजो (आइतबार) आफू निकट अछामका नेताहरुसँग संवाद गर्दै एमाले नछोड्ने बताएका हुन् । 

अछाम १ बाट प्रतिनिधिसभामा एकल नाम सिफारिस भएका रावल टिकट नपाएपछि गुपचुप बसिरहेका छन्। यसअघि रावलले टिकट नपाएको भन्दै अछामका ३ दर्जन बढी नेता कार्यकर्ताहरूले राजीनामा समेत बुझाएका थिए।

रावलले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिने या पार्टी छोड्ने हल्ला चलेका थिए। तर, हल्लाकै बीच उनले पार्टी छोड्ने बताएका हुन् ।  

जिल्लाबाट सर्वसम्मत सिफारिस भएका रावललाई केन्द्रले टिकट खोसेर  अर्का नेतालाई दिएको हो । 

२०७९ असोज २४ १५:५८ बजे

प्रतिक्रिया