सन्दीपको बयान 'उनले जन्ममिति एक वर्ष घटाएकी हुँ भनेकी थिइन्'

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २४ ११:५३ बजे
सन्दीप लामिछाने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका निवर्तमान कप्तान सन्दीप लामिछानेले पीडित युवतीले आफू १८ वर्ष पुगेको तर विषेश कारणले जन्ममिति घटाएको कुरा आफूसँग बताएको बयान दिएका छन् । 

प्रहरीले आज उनलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको समयमा न्यायाधीशले सोधेको प्रश्नमा लामिछानेले, 'उनले मलाई विषेश कारणले १ वर्ष जन्मदर्ता घटाएको बताएकी थिइन्'। 

सन्दीपका वकिलहरूले पीडित भनिएकी युवतीको २ वटा जन्मदर्ता भेटिएको र पछिल्लो जन्मदर्तामा उनले उमेर घटाएको देखिएको बताएका छन् । ‘पीडितले आफ्नो जन्मदर्तामा उमेर घटाएको प्रमाण हामीसँग छ । हामीले त्यो अदालतमा पेश गर्ने  अधिवक्ता सुधा रिजालले बताएकी छन्। 

लामिछानेमाथि थप अनुसन्धानका लागि थप ७ दिन प्रहरी हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

२०७९ असोज २४ ११:५३ बजे

प्रतिक्रिया