भ्रष्ट व्यक्तिहरुको उम्मेदवारी नलिन नेकपा (बहुमत)को माग

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २४ ०५:१४ बजे
नेकपा (बहुमत)

काठमाडौं । नेकपा (बहुमत) निकट संयुक्त जनबर्गीय संगठनहरुले देशैभर निर्वाचन कार्यालयलाई भ्रष्ट व्यक्तिहरुको उम्मेदवारी नलीन अनुरोध गरेको छ । ज्ञापनपत्र बुझाउँदै भ्रष्ट व्यक्तिहरुको उम्मेदवारी नलिन माग गरेका हुन्।

उनीहरुले जिल्ला निर्वाचन कार्यालय काठमाडौं , ललितपुर र भक्तपुरमा आइतबार निर्वाचनका लागि भ्रष्ट व्यक्तिहरुको उम्मेदवारी नलिन माग गर्दै ज्ञापनपत्र बुझाएका  छन् । 

२०७९ असोज २४ ०५:१४ बजे

प्रतिक्रिया