चर्चित अनुहार नै छुटे यस पटको निर्वाचनमा

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २४ ०५:०५ बजे
निर्वाचन

काठमाडौं । आगामी मंसिरमा हुने निर्वाचन विभिन्न कारणले विभिन्न पार्टीका शीर्ष नेताहरूले टिकट पाएका छैनन् । प्रमुख प्रतिपक्ष दल होस वा सरकारमा रहेका पार्टीहरू हुन् यो सबैमा देखिन्छ ।

सत्तारुढ दल नेपाली कांग्रेसबाट चर्चित अनुहारले टिकट पाएका छैन् । भने कतिपए ठाउँमा टिकट नपाएपछि बागी र स्वतन्त्र उम्मेदवारी पनि परेको छ । विभिन्न पार्टीका नेताहरूले भने आगामी निर्वाचनमा मैदान जान अनिक्षा देखाएका छन् । कतिपय भने पार्टीमा फरक मत र विचार राखेकै कारण टिकट पाउनबाट बञ्चित भए । 

नेपाली कांग्रेसबाट टिकट नपाउने नेता हुन मिनेन्द्र रिजाल । रिजाल हालै सम्पन्न नेपाली कांग्रेसको महाधिवेशनमा महामन्त्री पदको लागि लडेका थिए तर उनले जित्न सकेनन् । उनी अहिलेपनि प्रतिनिधिसभा सदस्य नै रहेका छन् । उनको निर्वाचन क्षेत्र मोरङ २ मा सुजाता कोइरालाले टिकट पाएकी छन् ।
नेपाली कांग्रेसबाट टिकट नपाउनेमा पुर्व अर्थमन्त्री महेश आचार्य दिनेश कोइराला, गोविन्द पोखरेल स्वर्णिम वाग्लेले रहेका छन् । 

त्यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा पार्टी नेतृत्व, र शैलीको विरोध जनाउदै आएका नेता भीम रावल र घनश्याम भुसालले पनि यसपटक भने टिकट पाएनन् । एमालेमा एकल सिफारिस भएकालाई पनि टिकट वितरण नभएपछि विभिन्न तहका नेताहरूले राजिनामा दिएका छन् । भने एमालेका कतिपय नेताहरूले स्वतन्त्र उम्मेदवारी दिएका छन् । एमालेमा टिकट नपाएपछि घनश्याम भुसालले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनलाई निर्वाचनमा गठबन्धनले सहयोग गर्ने भएको छ । 

मङ्सिरमा हुने निर्वाचन भने स्वथ निर्वाचन नहुने भएको छ । कि सरकार कि प्रतिपक्ष दल सबै विभिन्न चुनावी मोर्चाका साथ निर्वाचनमा हुमिएका छन् । यसरी एक्ला एक्लै कसैले पनि निर्वाचनमा जाने आँट नगर्नुले गणतन्त्रलाई नै कम्जोर पार्न लागेको विभिन्न राजनीतिक विश्लेषकको भनाई रहेको छ ।   

२०७९ असोज २४ ०५:०५ बजे

प्रतिक्रिया