विभिन्न दल र स्वतन्त्रबाट २१ सय २८ जनाले गराए उम्मेदवारी दर्ता

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २३ २१:४६ बजे
म्मेदवारी दर्ता

काठमाडौं । आगामि मंसिर ४ मा हुने निर्वाचनका लागि विभिन्न दलहरुले  आनफ्नो उम्मेदवारी दर्ता गराएका छन् । विभिन्न पार्टीका प्रदेश सभाको निर्वाचन अन्तरगत प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फ देशभर २ हजार १२८ जनाको उम्मेदवारी दर्ता भएको छ ।

अहिलेसम्म  निर्वाचन आयोगको विवरण अनुसार एक हजार ९३७ पुरुष र १९१ महिला गरी यति उम्मेदवारको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको हो ।

 प्रदेशसभातर्फ २ हजार ८४५ जनाको उम्मेदवारी दर्ता गराएका आयोगले जनाएको छ । जसमा २ हजार ६०० पुरुष, २४४ महिला तथा १ अन्यले उम्मेदवारी दर्ता गराएका छन् । 

आगामी मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको निर्वाचनको मनोनयन दर्ता कार्य शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन आयोगको भनाई रहेको छ । 

आयोगले आइतबार उम्मेदवारको मनोनयन पत्र दर्ता कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक तथा शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको हो ।

आयोगका अनुसार बिहान १० बजेबाट सुरु भएर साँझ ५ बजेसम्म तोकिएकोको समयभित्र सम्बन्धित निर्वाचन कार्यालयमा उपस्थित भएका कतिपय उम्मेदवारको दर्ता कार्य अहिले पनि जारी रहेको छ ।दर्ता भएका उम्मेदवारको सूची आजै सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

असोज २४ गते विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता भएका कुनै पनि उम्मेदवारविरुद्ध सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने  आयोगको कार्यतालीका रहेको छ । 

२०७९ असोज २३ २१:४६ बजे

प्रतिक्रिया