सातौँ पटक उम्मेदवारी दिँदै देउवा

उम्मेदवारी दिन वारिस बनेर आरजु राणा पुगिन् डडेलधुरा

bimbonline रासस
२०७९ असोज २३ १२:५७ बजे
शेरबहादुर देउवा

काठमाडौं ।  प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज डडेलधुराबाट उम्मेदवारी दर्ता गराउँदै छन्। उनले प्रतिनिधिसभा सदस्यका लागि सातौँ पटक आज उम्मेदवारी दर्ता गराउन लागेका हुन्।

प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि प्रधानमन्त्री तथा कांग्रेसका सभापति देउवाले यसअघि जस्तै यसपटक पनि डडेलधुराबाट नै उम्मेदवारी दिँदै छन्। प्रधानमन्त्री देउवाको तर्फबाट उनकी धर्मपत्नी एवं नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवाले आज अपराह्न २ बजे मनोनयन दर्ता गराउने नेपाली कांग्रेस डडेलधुराले जनाएको छ।

उम्मेदवारी दर्ताका लागि वारिसनामासहित प्रधानमन्त्री पत्नी डा राणा शनिवार बेलुका नै डडेलधुरा पुगेकी छिन्।प्रधानमन्त्री देउवा डडेलधुराबाट २०४८ सालमा पहिलो पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। उनले त्यस यताका सबै आमनिर्वाचनहरुमा निर्वाचित हुँदै आएका छन्।

देउवाले प्रतिनिधिसभाका लागि भएको पछिल्लो २०७४ सालको निर्वाचनमा डडेलधुराबाट नै छैटौँ पटक निर्वाचित भएका थिए। २०४८ यताका सबै निर्वाचनमा विजयी भएका देउवा आसन्न निर्वाचनमा पनि डडेल्धुराका जनताको साथ, समर्थन र मायाले आफ्नो इतिहासलाई कायम राख्दै निरन्तरता दिने प्रधानमन्त्री पत्नी डा आरजु राणा देउवाले बताइन्।

यसअघि २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ मा भएका निर्वाचनमा डडेलधुराबाट विजयी देउवा २०६४ मा कञ्चनपुर(४ र २०७० मा कैलाली(६ बाट पनि विजयी भएका थिए।

उनले २०४८ मा सांसद बनेपछि गृहमन्त्री भएका थिए। २०५१ को मध्यावधि निर्वाचनपछि बनेको मनमोहन अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेपछि २०५२ सालमा देउवाको नेतृत्वमा नै सरकार गठन भएको थियो।

त्यसपछि २०५९, २०६१, २०७४, २०७८ मा गरी उनी पाँच पटक प्रधानमन्त्री भएका थिए। आगामी मंसिर ४ गतेको निर्वाचनमा भने देउवालाई हालको सत्ता साझेदार गठबन्धनको पनि समर्थन रहेको छ। देउवासँगै तीन पटक प्रतिस्पर्धा गरेका नेकपा ९माओवादी केन्द्र०का खगराज भट्ट अहिले प्रदेशसभाका लागि गठबन्धनबाटै चुनाव लड्दै छन्।

डडेल्धुरा जिल्ला जहिले पनि प्रजातन्त्रका पक्षमा उभिएकाले प्रतिनिधिसभा र प्रदेशसभा गरी तीनवटै क्षेत्रमा अहिले पनि गठबन्दनका नेताले जित हासिल गर्ने कांग्रेसका जिल्ला सभापति भीमबहादुर साउँदले बताए।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरामात्र नभएर सिङ्गो सुदूरपश्चिमको विकासमा आफ्नो जीवनकाल खर्चिएकाले उनले उम्मेदवारी दिएपछि यहाँका नागरिकमा अर्को कुनै विकल्प नहुने धारणा राख्ने। नेपाली कांग्रेसलगायत सत्ता गठबन्धन दलले उम्मेदवारी दर्ताको समय आज २ बजेका लागि तय गरिएको जनाएका छन्।

२०७९ असोज २३ १२:५७ बजे

प्रतिक्रिया