रूपन्देही १ बाट स्वतन्त्र उम्मेदवार हुने घनश्याम भुसाल घोषणा

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २३ ०९:३६ बजे
घनश्याम भुसाल

 काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा टिकट नपाएपछि एमाले छोडेका  नेता घनश्याम भुसालले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन्।

उनले आइतबार बिहान प्रतिनिधि सभाका लागि रूपन्देही १ बाटै निर्वाचन लड्ने  बताएका छन् । आइतबार बिहान पत्रकार सम्मेलन गर्दै उनले आफु निर्वाचन लड्ने बताएका हुन् । 

आफूलाई सत्तारुढ गठबन्धनले निर्वाचनमा सहयोग गर्ने उनले बताए।उनले गठबन्धनको सहयोगमा उम्मेदवार बने आफू बाम लोकतान्त्रिक उम्मेदवार भएको दाबी गरेका छन्।सत्ता गठबन्धनको भागबण्डामा रूपन्देही १  माओवादीको भागमा परेको थियो।  उनलाई माओवादी आफ्नो चुनाव चिन्हबाट निर्वाचन लड्न अनुरोध गरे पनि उनले अहिले स्वतन्त्रनै लड्ने बताएका छन् । 

२०७९ असोज २३ ०९:३६ बजे

प्रतिक्रिया