अष्टलक्ष्मी शाक्य चुनाव नलड्ने, विकल्प खोज्न ओलीलाई गरे फोन

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २२ १६:२८ बजे
अष्टलक्ष्मी शाक्य

काठमाडौं । नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आगामी प्रतिनिधिसभाको निर्वाचन नलड्ने भएकी छन् । उनले शनिबार ओलीलाई फोन गर्दै आफ्नो विकल्प खोज्न आग्रह गरेका हुन् । 

अध्यक्ष ओलीले शाक्यलाई काठमाडौं–८ बाट प्रतिनिधिसभाको उम्मेदवार बनाएका थिए । उनले एउटै व्यक्ति पटक चुनाव लड्ने, मन्त्री र प्रधानमन्त्री बन्ने परिपाटीले जनता दिक्क भएको पनि बताएकी छन् । उनले नयाँलाई  अवसर दिनु आवश्यक रहेको  बताएकी छन् । 

२०७९ असोज २२ १६:२८ बजे

प्रतिक्रिया