चिया बगानमा तीन किशोरी मृत भेटिए

चिया बगानमा तीन किशोरी मृत भेटिए

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ८ १२:३० बजे
मृत

काठमाडौं। झापाको एक चिया बगानमा ३ जना किशोरी झुण्डिएको अवस्थाामा फेला परेका छन्। जिल्लाको कचनकबल गाउँपालिका-५, बेल्लेमा एकै रुखमा तनि जना झुण्डिएको अवस्थामा फेला परेका हुन्।

आइतबार बिहान ७ बजे स्थानीय चिया बगानमा रहेको एक रूखमा झुण्डिएको अवस्थामा १६ वर्षीया करिना गणेश, कल्पना गणेश र १७ वर्षीया अञ्जली गणेशको शव भेटिएको गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले जानकारि दिए।

चिया बगानमा मजदुरी गर्दै आएका उनीहरु शनिबार ११ बजेदेखि बेपत्ता थिए । जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार दुई जना गाईवस्तु बाँध्न प्रयोग हुने डोरी र एकजना सलमा झुण्डिएको देखिएको छ ।

२०७९ साउन ८ १२:३० बजे

प्रतिक्रिया