सिफारिसमै नाम नपरेकालाई केन्द्रले टिकट दिएपछि सुर्खेतमा एमालेमा विद्रोह

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २२ १५:१२ बजे
एमालेमा विद्रोह

 काठमाडौं । सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (ख)मा खड्कबहादुर खत्रीले टिकट नपाएपछि एमालेमा विद्रोह हुने भएको छ । एकल उम्मेदवार सिफरिस भएका तर पार्टी  सिफारिसमै नाम नभएकालाई टिकट दिएपछि निद्रोह हुने हुने भएको  हो ।   सिफारिसनै नभएका  डण्डीप्रसाद शर्मा टिकट पाएका हुन् । 

शनिबार नेकपा एमाले सुर्खेतको जिल्ला सचिवालय बैठकले सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (ख)को टिकट परिवर्तन तत्तकाल परिर्वतन गर्नुपर्ने निर्णय गरेको छ। 

नेकपा एमाले सुर्खेत अध्यक्ष अमृतकुमार बिसीले उक्त क्षेत्रको टिकट परिर्वतन नभए निर्वाचन जिताउन नसकिने र  हारको जिम्मेवारी केन्द्रीय कमिटीले लिनुपर्ने निर्णय गरेर एमाले केन्द्रीय कर्यालयलाई चिठी पठाएको जनाएका छन् । 

 सुर्खेत अध्यक्ष विसीको अध्यक्षतामा बसेको बैठकले पनि यसरि सिफारिसमै नाम नभएको टिक दिनु  आपत्तीजनक भएको निणर्य गरेको छ । खत्रीलाई गत भदौ १८ गते बसेको नेकपा एमाले प्रदेश समन्वय समितिको बैठकले एकल नाम सिफारिस गरेको थियो। एकल रुपमा सिफारिस भएपछि उनी प्रचार–प्रसारमासमेत जुटिसकेका छन्।

यसअघि नेकपा एमाले जिल्ला अध्यक्षका लागि शर्मा र हालका अध्यक्ष विसीबीच चुनाव भएको थियो। अध्यक्षमा शर्मा पराजित भएका थिए।


२०७९ असोज २२ १५:१२ बजे

प्रतिक्रिया