सभामुख सापकोटा उम्मेदवार नबन्ने

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २२ १४:४३ बजे
सभामुख सापकोटा

काठमाडौं ।  सभामुख अग्निप्रसाद सापकोटाले आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा नलड्ने  लभएका छन् ।  सभामुख सापकोटाले कार्यकक्षमा पत्रकारहरूसँग भेटघाटमा  आफु उम्मेदवार नबन्ने बताएका हुन् ।  

युवाहरूलाई  पूस्तालाई  अवसर दिन  आफुले उम्मेदवारी नदिने उनले बताएका छन् ।  ‘सिन्धुपाल्चोक १ मा मेरो नाम सिफारिस पनि भएको थियो । गठबन्धन भएकोले जित्ने सम्भावना पनि थियो । तर युवालाई अगाडि बढाउनुपर्छ भनेर मैले यो निर्णय गरेको हुँ । म फरक भूमिकाबाट काम गर्नेछु उनले भने ।

२०७९ असोज २२ १४:४३ बजे

प्रतिक्रिया