'प्रचण्डले चितवनबाट निर्वाचन नलड्नु चितवनवासीका लागी दुर्भाग्य'

अध्यक्ष ‘प्रचण्ड’ गोरखा क्षेत्र नं २ बाट निर्वाचन लड्ने भएका छन्।

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २२ १०:०२ बजे
रेणु दाहाल

काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर तथा प्रचण्ड पुत्री रेणु दाहालले प्रचण्डले चितवनबाट टिकट नपाउनु र्दुभाग्य भएको बताएकी छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् ,'दुखद; चितवनवासीका लागी दुर्भाग्य स्तब्ध , भित्री बाहिरी षड्यन्त्रकारीहरूको नियत ईतिहासले पक्कै उजागार गर्नेछ।'

अध्यक्ष  ‘प्रचण्ड’ गोरखा क्षेत्र नं २ बाट निर्वाचन लड्ने भएका छन्।माओवादीको हिजो  साँझ बसेको पदाधिकारी बैठकले अध्यक्ष दाहाल गोरखा क्षेत्र नं २ बाट निर्वाचन लड्ने निर्णय गरेको हो । 

गोरखा क्षेत्र नं २ को प्रदेशसभातर्फ माओवादी र नेपाली कांग्रेसको उम्मेदवार बन्ने बताइएको छ। गोरखा क्षेत्र नं २ मा २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा माओवादी केन्द्र विजयी भएको थियो।

विसं २०६४ मा माओवादी नेता डा.बाबुराम भट्टराई विजयी भएका थिए। यस्तै २०७० सालमा माओवादी केन्द्रका नेता हितराज पाण्डे सोही क्षेत्रबाट विजयी भएका थिए।

विसं २०७४ को निर्वाचनमा नेपाली कांग्रेसको सहयोगमा डा.भट्टराई पुनः निर्वाचित भएका थिए। डा. भट्टराईले आसन्न निर्वाचनमा प्रतिस्पर्धा नगर्ने सार्वजनिक गरिसकेका छन्।अध्यक्ष दाहाल २०७४ सालको निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट विजयी भएका थिए।

२०७९ असोज २२ १०:०२ बजे

प्रतिक्रिया