यि हुन् ,लुम्बिनी प्रदेशबाट प्रतिनिभिसभा सदस्यका लागि टिकट पाएका एमालेका उम्मेदवारहरु

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २१ २१:३८ बजे
एमालेका उम्मेदवारहरु

काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेशको पूर्वी रुकुमबाहेक सबै जिल्लाको उम्मेदवार टुंगो  लगाएको छ । जसपा र राप्रपासँग  तालमेल हुने क्षेत्र छ्ट्याएर एमालेले आफ्नजा उम्मेदवार टुंग्याएको हो ।  

रुपन्देही–१ मा छवीलाल विश्वकर्मालाई टिकट  पाएका छन् ।रुपन्देही–२ बाट विष्णुप्रसाद पौडेल उम्मेदवार बन्नेछन् । रुपन्देह–३ मा राप्रपाका लागि छुट्याइएको छ । रुपन्देह–४ मा तालमेलका लागि छुट्याइएको छ । रुपन्देही–५ पनि तालमेलका लागि छुट्याइएको छ ।

कपिलवस्तु–१ मा बलराम अधिकारीलाई टिकट दिइएको छ । कपिलवस्तु–२ मा बृजेशकुमार गुप्तालाई टिकट दिइएको छ । कपिलवस्तु–३ मा गंगलप्रसाद गुप्तालाई टिकट दिइएको छ । 

दाङ–१ मा शान्ता चौधरीले टिकट पाएकी छन् । दाङ–२ मा शंकर पोखरेल उम्मेदवार बन्ने छन् । दाङ–३ मा कोमल वलीले टिकट पाएकी छन् ।

बाँके–१ मा सूर्यप्रसाद ढकालले टिकट पाएका छन् । बाँके–२ तालमेलका लागि छुट्याइएको छ । बाँके–३ मा किस्मतकुमार कक्षपतिले टिकट पाएका छन् । 

बर्दिया–१ मा लक्ष्मणराज ज्ञवालीले टिकट पाएका छन् । बर्दिया–२ मा पंकजसिंह रौठोरले टिकट पाएका छन् । 

गुल्मी–१ मा प्रदीपकुमार ज्ञवाली उम्मेदवार बन्नेछन् ।  गुल्मी–२ मा गोकर्णराज बिष्ट उम्मेदवार बन्नेछन् । पाल्पा–१ मा नारायणप्रसाद आचार्यले टिकट पाएका छन् । 

पाल्पा–२ मा ठाकुर गैरेले टिकट पाएका छन् । पश्चि परासी–१ तालमेलका लागि छुट्याइएको छ ।पश्चिम परासी–२ मा दीपेन्द्रकुमार अधिकारीले टिकट पाए । प्यूठानबाट सूर्यबहादुर थापा क्षेत्रीले टिकट पाएका छन् । अर्घाखाँचीबाट टोपबहादुर रायमाझीले टिकट पाएका छन् । रोल्पाबाट पूर्णबहादुर बुढामगरले टिकट पाएका छन् । 

२०७९ असोज २१ २१:३८ बजे

प्रतिक्रिया