नेकपा एमालेले ताप्लेजुङमा योगेश भट्टराई पाए टिकट

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २१ १९:१७ बजे
योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेले ताप्लेजुङबाट अगामी मंसिरमा हुने निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा योगेश भट्टराई लड्ने भएका छन् । 

२०७४ मा वाम गठबन्धनको तर्फबाट चुनाव जितेका योगेश यो पटक पनि लड्न लागेका हुन् । भट्टराईसँगै तिलकुमार मेनेङ्बो आकांक्षी थिए । मेनेङ्बोलाई प्रदेशसभामा राखेर योगेशलाई प्रतिनिधिसभा सदस्यको टिकट दिइएको छ ।

मेनेङ्बो ‘क’ र मणिशंकर पोमोलाई ‘ख’को उम्मेदवार बनाउने तय भएको एमालेका नेताहरुले बताएका छन् । एमालेमा १० भाई माफि नमागेसम्म टिकट नदिने हल्लाका बाबजुँद पनि उनले टिकट पाएका हुन् । 

२०७९ असोज २१ १९:१७ बजे

प्रतिक्रिया